नियम ५४
हुलाक महसुल चुक्ता गर्न मान्यता नभएको टिकट
निम्न बमोजिमको टिकट टा“सिएको टिकटलाई हुलाक महसुल चुक्ति भएको मानिने छैनः–
(१) नेपाल सरकारबाट प्रचलनमा नल्याइएको टिकट,
(२) कूरूप गरिएको, च्यातिएको, प्वाल परेको, काटिएको, रद्दी गरिएको वा अधूरो तुल्याउन चिन्ह लगाइएको टिकट,
(३) टिकटमा छापिएको भन्दा बाहेक अन्य कुनै अक्षर, शब्द, मूर्ति वा कुनै आकार छापको मुद्रण गरेको वा लेखेको टिकट,
(४) इम्वस खाम, ¥यापर वा हुलाकबाट काटी झिकिएको टिकट,
(५) इम्वस भएको, रजिष्ट्री खाम रजिष्ट्री नगरी साधारण रूपमा पठाइएको खाममा टाँसिएको टिकट ।